२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

काठमाडौं महानगरको आकस्मिक बैठक सुरु, बालेनलाई धन्यवाद दिने

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको राजीनामा औपचारिक रूपमा दर्ता भएसँगै महानगरको आकस्मिक कार्यपालिका बैठक सुरु भएको छ।

महानगरको मुख्यालय काठमाडौं प्लाजामा केही बरे अघिदेखि बैठक सुरु भएको हो।

मेयर शाहको राजीनामाका लागि उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं लगायत प्रतीक्षामा बसेका थिए।

मेयरको बिदाइको विषयमा मेयर, उपमेयर र उच्च कर्मचारीबीच फोन संवाद भइरहे पनि शाहले कार्यालय आउने यकिन समय नबताउँदा कति बेला आउने भन्ने अन्योलता दिनभर कायम रह्यो।

यही कुराकानीका बीच उपमेयर डंगोलले कर्मचारीहरूलाई आफ्नो कार्यकक्षमा बोलाएकी थिइन्।

उपमेयरको कार्यकक्षमा छलफल चलिरहँदा बालेनको सचिवालयबाट मेयरले राजीनामा नदिई सिधै उम्मेदवारी दर्ता गर्ने र निर्वाचन आयोगको कानुनअनुसार स्वतः मेयर पद रिक्त हुने जानकारी गराएको थियो। यही कारण दिनभर राजीनामाको प्रक्रिया होल्डमा रह्यो।

तर, अन्तिम समयमा बालेन एकाएक राजीनामा दिने निर्णयमा पुगे। अन्ततः आइतबार दिउँसो करिब ३ बजे शाहले वारेसमार्फत राजीनामा पत्र उपमेयरको कार्यकक्षसम्म पुर्‍याए।

राजीनामा पत्र बुझेसँगै कार्यवाहक प्रमुख बनेकी सुनिता डंगोलको अध्यक्षतामा अहिले महानगरको आकस्मिक बैठक बसिरहेको छ।

बैठकले निवर्तमान मेयरलाई धन्यवाद दिँदै औपचारिक बिदाइ गर्ने बुझिएको छ।

प्रकाशित: ४ माघ २०८२ १७:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App