नेकपा एमालेको केन्द्रीय कमिटीमा निर्वाचित काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले १६६८ मत प्राप्त गरेकी छन् ।
उनी पहिलो पटक महाधिवेशनमा प्रतिस्पर्धा गर्दै एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् ।
सुनिताले राजधानी विशेषमा ४० वर्षमुनिको कोटामा उम्मेदवारी दिएकी थिइन् । यो कोटामा एक जना केन्द्रीय सदस्य आरक्षित गरिएको छ ।
जसमा दुई प्रतिस्पर्धीलाई अत्यधिक मतले पछि पारिन् । उनले १६६८ भोट ल्याएकी छन् । उनका दुई प्रतिस्पर्धी ईं राजन थापा र सन्तोष खड्काले क्रमशः २२९ र ३३० मत ल्याए ।
सुनिता महाधिवेशन अवधिभर निकै चर्चाकी नेतृ थिइन ।
प्रकाशित: ३ पुस २०८२ १४:२७ बिहीबार





