प्रधानमन्त्री केपीशर्मा ओलीले कर्णाली हिजो भन्दा आज धेरै फेरिएको बताएका छन्। बिहीबार साँझ ‘जुरुक्क कर्णाली’ कार्यक्रममा सहभागी भएका प्रधानमन्त्रीले कर्णालीसँगै देश उठ्दै गरेको धारणा व्यक्त गरेका छन्। ‘हामी कर्णालीलाई जुरुक्क उठाउँदै छौँ,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जुरुक्क उठ्दै छ कर्णाली !जुरुक्क उठ्दै छ देश !’
ओलीले डेढ वर्ष अघिको एक महिना लामो मध्यपहाडी यात्राका क्रममा दैलेख बजारको डाँडाबाट राति देखिएको वारिपारिको झिलिमिली बिजुलीमा आशाको उज्यालो देखेको सुनाए। ‘दैलेखमा भूगर्भ खोस्रेर निकालिँदै गरेको ग्यास, त्यहाँ बन्दै गरेका अस्पताल र सडकले फेरिँदो कर्णाली देखाइरहेको थियो।,’ उनले लेखेका छन्, ‘अब नेपालगञ्ज हुँदै भारत र हिल्सा हुँदै चीन जोड्ने सडक हाम्रो कर्णालीको जडीबुटीलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने माध्यम बन्ने छ।’
प्रकाशित: ६ भाद्र २०८२ ०७:५० शुक्रबार





