मोरङ निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्की विजयी भएका छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रभावशाली नेता डा. सुनिल कुमार शर्मालाई भारी मतान्तरले पराजित गर्दै संसदको यात्रा तय गरेका हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार ४० वर्षीय कार्कीले ३६ हजार ९२४ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ४८ वर्षीय उम्मेदवार सुनिल कुमार शर्माले २४ हजार ३५४ मत प्राप्त गरे। कार्की र शर्माबीचको मतान्तर १२ हजार ५७० रहेको छ।
त्यस्तै, श्रम संस्कृति पार्टीका ३६ वर्षीय उम्मेदवार अमिर मगरले १६ हजार ५०९ मत प्राप्त गरेका छन्। मोरङको यो नतिजालाई राजनीतिमा युवा नेतृत्वको उदय र स्थापित शक्तिप्रतिको जनमतको बदलावका रूपमा हेरिएको छ।
प्रकाशित: २४ फाल्गुन २०८२ ०५:३२ आइतबार





