२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

श्रीमतीलाई अर्कै पार्टीबाट उमेदवार बनाएको आरोपमा रुपन्देही-३ का प्रलोपा उम्मेदवार निष्कासित

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोविन्द काराखेतीलाई पार्टीबाट निष्कासन गरेको छ।

पार्टीको नीति र हितविपरीतका गतिविधिमा संलग्न भएको भन्दै शुक्रबार उनलाई कारबाही गरिएको हो।

प्रलोपा रुपन्देहीका इन्चार्ज पंकज राईले एक विज्ञप्ति जारी गर्दै काराखेतीले पार्टीको विधान, नीति र सिद्धान्तको गम्भीर उल्लंघन गरेको पुष्टि भएपछि साधारण सदस्यसमेत नरहने गरी हटाइएको जानकारी दिए।

उनका अनुसार उम्मेदवार बनेपछि काराखेतीले पार्टीका जिम्मेवार नेताहरूसँग अनुचित तवरले रकम माग गरेका थिए। साथै, उनले आफ्नै श्रीमती जयन्ता काराखेतीलाई श्रम संस्कृति पार्टीबाट समानुपातिक उम्मेदवार बनाएको पाइएको छ।

प्रकाशित: २३ माघ २०८२ १६:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App