२३ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

कमल थापाले भनेः ज्ञानेन्द्रपछि कोही राजा नभएकाले श्री ५ लेख्नु स्वाभाविक

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्व राजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले सोधपुछका लागि बोलाएकामा आपत्ति जनाएका छन्।  

‘श्री ५ ज्ञानेन्द्र लेखिएको बहानामा फणिराज पाठकलाई सोधपुछको निमित्त सरकारले बोलाउनु आश्चर्यजनक र हास्यास्पद छ,’ थापाले फेसबुकमा लेखेका छन्, ‘यो सरकारको संकीर्ण मानसिकताको द्योतक हो।’  

उनले ज्ञानेन्द्र नेपालका राजा भएको पनि दाबी गरेका छन्। ‘श्री ५ ज्ञानेन्द्र नेपालका राजा हुन् । प्राविधिक रूपमा अहिले राजतन्त्र नरहे पनि वा संविधानले नचिने पनि उनी पछि अरु कोही राजा नभएकाले उनलाई ‘श्री ५ ले’ सम्बोधन गर्नु स्वभाविक र मर्यादा पनि हो,’ थापाले लेखेका छन्।  

काठमाडौं प्रहरीले शुक्रबार पाठकलाई बयानका लागि बोलाएको छ। पूर्वराजा ज्ञानेन्द्रलाई नेपालको संविधानले नचिन्ने ‘श्री ५ महाराजाधिराज’लेखेर लेटर प्याड प्रयोग गरिएका प्रचारबाजी गरेको विषयमा प्रहरीले पाठकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ।  

प्रकाशित: २७ असार २०८२ १३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App