५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

कमल थापाको प्रश्न : सबै यथावत रहने हो भने ७६ जनाको सहादत, अर्बौंको सम्पत्ति नष्ट गरिनुका अर्थ के हो?

राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान सरकारको कामकारबाहीबारे असन्तुष्टि व्यक्त गरेका छन्।

भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न कुनै प्रभावकारी कदम नचालिने, निर्वाचन प्रणाली, संवैधानिक अङ्गमा नियुक्ति सम्बन्धी व्यवस्थामा सुधार नहुने, संघीय, धर्मनिरपेक्ष, गणतन्त्र यथावत रहने हो भने ७६ जनाको सहादत, अर्बौंको सम्पत्ति नष्ट गरिनुका अर्थ के हो भन्दै उनले प्रश्न गरेका छन्।

'संसद् विघटन र सुशीला कार्की प्रधानमन्त्री नियुक्त हुनुको औचित्य के हो?' उनले सामाजिक सञ्जालमा लेख्छन्, 'जनता जान्न चाहन्छन्।'

प्रकाशित: ४ मंसिर २०८२ ११:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App