राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका पार्टी अध्यक्ष कमल थापालाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं-५ र बाँके-२ बाट सिफारिस गरिएको छ।
राप्रपा नेपाल काठमाडौं-५ को आज बसेको क्षेत्रीय कार्यसमिति बैठकले थापाको नाम एकल सिफारिस गरेको क्षेत्रीय अध्यक्ष सन्तोष अधिकारीले जानकारी दिए।
बैठकले समानुपातिकमा जयकुमार खड्का, अर्जुन नेपाली र सुनिता कुरुङ्ग्वाङ्गको नाम सिफारिस गरेको छ।
यसैगरी, बाँके निर्वाचन क्षेत्र नं-२ बाट पनि थापाको नाम सर्वसम्मत सिफारिस भएको पार्टी महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
पार्टीका क्षेत्रीय कार्यसमितिले देशभरिबाट उम्मेदवारको नाम सिफारिस गरेको पार्टी केन्द्रीय सचिवालयले जनाएको छ।
प्रकाशित: ८ पुस २०८२ १९:१४ मंगलबार





