राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नेपालका अध्यक्ष कमल थापाले निर्वाचन आयोगमाथि सीमित राजनीतिक दलको रबर स्ट्याम्पका रूपमा प्रयोग भएको आरोप लगाएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत थापाले यस्तो आरोप लगाएका हुन्।
‘निर्वाचन आयोगले प्रस्ताव गरेको राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि,२०८२ संविधान र कानुन विपरीत रहेको छ,’ थापाले लेखेका छन्, ‘निर्वाचन आयोग केही सीमित राजनैतिक दलहरूको रबर स्ट्याम्पको रूपमा प्रयोग भएको देखिन्छ ।’
प्रस्तावित कार्यविधिले राजनीतिक दलहरूको संविधान प्रदत्त स्वायत्ततालाई आघात पु¥याउने उनले लेखेका छन्। ‘कार्यविधिको मस्यौदाले दलहरूको संवैधानिक अस्तित्व र स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रयास गरेको देखिन्छ,’ थापाले अगाडि लेखेका छन्। यो कार्य तत्काल बन्द गरिनुपर्ने अध्यक्ष थापाले उल्लेख गरेका छन्।
प्रकाशित: २२ श्रावण २०८२ १९:५४ बिहीबार


-600x400.jpg)


