१५ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

शाह सरकारको सय कार्यसूचीमा ‘हिन्दू अधिराज्य’ बारे बुँदा थप्न कमल थापाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले बालेन्द्र शाह सरकारले ल्याएको एक सय कार्यसूची सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले केही अपवादबाहेक कार्यसूची सकारात्मक भएको बताएका हुन्।

थापाले लेखेका छन्, ‘बालेन सरकारको ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ केही अपवाद बाहेक सकारात्मक छ, कार्यान्वयनको निम्ति शुभकामना।’ उनले हिन्दू अधिराज्य कायम गर्नेबारे सर्वपक्षीय सम्मेलनको बुँदा थप्न समेत माग गरेका छन्।

उनले अगाडि भनेका छन्, ‘मुलुकको बृहत्तर हितलाई दृष्टिगत गर्दै हिन्दू अधिराज्य कायम गर्नेबारे सर्वपक्षीय सम्मेलनको बुँदा थपियोस्।’ शनिबार सरकारले शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची जारी गरेको थियो।

प्रकाशित: १५ चैत्र २०८२ १४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App