८ भाद्र २०८३ सोमबार
image/svg+xml
राजनीति

नाबालिकाको ह*त्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएकोमा संग्रौलाको आपत्ति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला संग्रौलाले नाबालिकाको हत्या अभियुक्तले प्रहरीसमक्ष दिएको बयानको भिडियो सार्वजनिक भएकोप्रति गम्भीर आपत्ति जनाएकी छन्।

प्रहरीसमक्ष दिइएको बयानको भिडियो कसरी सार्वजनिक भयो भन्दै घटनाको छानबिन गर्न माग संग्रौलाले गरेकी छन्। उनले नाबालिकाको हत्यासँग जोडिएको गम्भीर र क्रूर बयान सार्वजनिक गर्दा त्यसले समाजमा पार्न सक्ने असरबारे समेत विचार गर्नुपर्ने बताइन्।

उनले सामाजिक सञ्जालमा उक्त भिडियो छरपस्ट पारेको भन्दै भिडियो पठाउने, सर्कुलेट गर्ने तथा प्रसारण गर्ने व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरिन्।

'नाबालिकाको हत्याराले प्रहरी समक्ष दिएको बयानको भिडियो सार्वजनिक कसरी भयो? यस्तो गम्भीर र क्रूर बयान सार्वजनिक गर्दा समाजमा कस्तो असर पर्छ भन्ने कमन सेन्स समेत नराखी सन्जालमा भिडियो छरपस्ट पार्न भिडियो पठाउने, सर्कुलेट गर्ने र भिडियो प्रसारण गर्नेलाई खोजी खोजी कानुनी दायरामा ल्याइयोस्,' सामाजिक सञ्जालमा लेख्दै उनले भनिन्।

प्रकाशित: ८ भाद्र २०८३ ०९:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App