जनता समाजवादी पार्टी (जसपा) नेपालले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको हालै सम्पन्न बैठकले उठाउँदै आएका मुख्य माग र राष्ट्रिय मुद्दा सार्वजनिक गर्दै संघर्षको कार्यक्रम घोषणा गरेबमोजिम आज जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।
मंसिर ११ देखि १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर-बजारमा विरोध कार्यक्रम र कोणसभा गरी जनपरिचालन गरिने भएको छ।
मंसिर १९ र २१ गते माग तथा मुद्दा अंकित प्लेकार्ड-ब्यानरसहित जिल्ला सदरमुकामका जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना दिइने छ भने मंसिर २७ देखि पुस ४ गतेसम्म जिल्लास्तरीय विरोधसभा तथा जनसभा आयोजना गरिने भएको छ।
प्रदेशस्तरीय जनप्रदर्शन तथा विरोधसभातर्फ पुस १२ गते विराटनगर, पुस १४ गते जनकपुर, पुस १५ गते विरगंज र पुस १७ गते भैरहवामा कार्यक्रम तय भएको छ।
यसबाहेक अन्य विरोध कार्यक्रम जिल्ला समिति वा प्रदेश समितिले निर्णय गर्न सक्ने बस्नेतले बताए।
प्रकाशित: १० मंसिर २०८२ ०६:३४ बुधबार





