३ आश्विन २०८३ शनिबार
image/svg+xml
राजनीति

जसपा नेपालले संविधान दिवसलाई ‘विरोध दिवस’ को रूपमा मनाउने

जनता समाजवादी पार्टी (जसपा) नेपालले असोज ३ लाई ‘विरोध दिवस’ को रूपमा मनाउने भएको छ।

जसपा नेपालले असोज ३ गते ‘वर्तमान संविधानको मूलभूत विषयवस्तु तथा संविधान संशोधनको अपरिहार्यता विषयमाथि अन्तरक्रिया, बहस तथा विचारगोष्ठी’ गरी विरोध दिवसको रुपमा मनाउन लागेको पार्टीका नेता पूर्ण बस्नेतले बताएका छन्।

संविधानमा नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा नीहित रहेको जस्ता महत्वपूर्ण उपलब्धि भएता पनि अन्तरिम संविधानमा सहमति भइसकेको केही महत्वपूर्ण विषयहरूलाई बहुमत र अल्पमतको आधारमा उल्टाइएको तथा संविधानमा अधिकांश राम्रा पक्षहरू समाविष्ट भएता पनि अझै विभेद कायम रहेको जसपा नेपालको ठहर छ।

संविधानको संशोधन/परिमार्जन अपरिहार्य रहेको भन्दै जसपा नेपालले उक्त दिन विरोध दिवसका रूपमा अन्तर्क्रिया तथा विचारगोष्ठीको आयोजना गर्न सम्पूर्ण जिल्ला समितिहरूलाई निर्देशन जारी गरिएको बस्नेतको भनाइ छ।

प्रकाशित: ३ आश्विन २०८३ ०७:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App