७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

जसपा नेपालद्वारा रुपन्देहीमा उम्मेदवार सिफारिस

जनता समाजवादी पार्टी (जसपा) नेपालले रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार सिफारिस गरिएको जसपा नेपालका अध्यक्ष सियाराम यादवले बताए। उनका अनुसार क्षेत्र नं १ बाट मोहम्मद असलम खान, चन्द्रभान तिवारी, कान्छा कोहार र क्षेत्र नं २ बाट दीपक गुरुङको नाम सिफारिस गरिएको छ।

त्यसैगरी, क्षेत्र नं ३ बाट कैलाश गुरुङ, निलम यादव, सियाराम यादव, ४ बाट रामअवतार यादव तथा क्षेत्र नं ५ बाट मोहम्मद वाहीद फकिर, निधिलाल केवट, गोविन्द कोहार र राजकुमार लोधको नाम सिफारिस गरिएको जसपा नेपाल जिल्ला समितिले जनाएको छ।

प्रकाशित: २२ पुस २०८२ ०८:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App