१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

जसपा नेपाल चुनावको पक्षमा सशक्त उत्रियो

उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) नेपाल यही फागुन २१ गते घोषणा गरिएको निवार्चको पक्षमा सशक्त रूपमा उत्रिएको छ ।

जसपा नेपालको बुधबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी अध्यक्ष यादवले वर्तमान अवस्थाबाट मुलुकलाई निकास दिन निर्धारित समयमै अर्थात फागुन २१ गते निर्वाचन गर्नै पर्ने धारणा राखेका छन् । ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउने वातावरण बनाउन उनले सरकारसँग माग गरेका छन् । ‘संवैधानिक सर्वोच्चता र विधिको शासन कायम गर्दै नेपाली जनता र नयाँ पुस्ताको भावना र आकाक्षांलाई ध्यानमा राखेर मुलुकमा रहेको अराजकता, भ्रष्टाचार, गरिबी, बेरोजगारी, अव्यवस्था, कुशासन जस्ता विकृतिहरूलाई अन्त्य गरी सुशासन कायम गरी निर्धारित समय अर्थात् २०८२ साल फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न गर्नुपर्दछ’ प्रतिबेदनमा भनिएको छ, निर्धारित समयमा निर्वाचन गर्न शान्ति सुरक्षाको प्रत्याभूति र भयमुक्त वातावरणको सिर्जना र राजनीतिक दलहरूबीच निष्पक्ष प्रतिष्पर्धा हुने वातावरणको निर्माण सरकारले गर्नुपर्दछ ।’

तोकिएको समयमा निर्वाचनमा गर्न राजनीतिक दलहरुसँग राजनीतिक संवाद र छलफल निरन्तर रुपमा गरिरहन यादवले सरकारलाई सुझाव दिएका छन् ।

गत भदौ २४ गते भएको तोडफोड, आगजनी र लुटपाट जस्ता विध्वंसात्मक आपराधिक क्रियाकलापबाट सार्वजनिक तथा निजी भवनहरूमा गरी मुलुकलाई अपूरणीय क्षति भएको भन्दै प्रतिबेदननमा भनिएको छ, ‘सरकार, सेना, प्रहरी र प्रशासनले चाहेको भए मुलुकलाई ठूलो जन–धनको क्षति हुनबाट जोगाउन सक्थ्यो, तर जोगाउने प्रयाससम्म किन गरिएन ? यो रहस्यमय रहेको छ ।’ गत भदौ २४गतेको आन्दोलन पछि नेपालीलाई रोजगारी प्रदान गर्दै आएका केही मुलुकहरूले वर्किङ भिसा, टुरिष्ट भिसा, भिजिट भिसा रद्द गरेकोमा यसको जिम्मेवार के.पी. शर्मा ओली नेतृत्वको तत्कालिन सरकारले नै लिनु पर्छ भनी जसपा नेपालले ठोकवा नै गरेको छ । साथै मुलुकलाई नै क्षति पुर्‍याउने दोषीहरूमाथि छानवीन गरी कानुनबमोजिम कारबाही गर्न पार्टीले माग राखेको छ ।

प्रतिबेदननमा भनिएको छ, देशका विभिन्न भागहरूबाट ठूलो संख्यामा आधुनिक हातहतियारहरू लुटिएका छन् । यसले नेपालको आन्तरिक सुरक्षासमेत सङ्कटमा पर्न सक्छ । खरबौंको सम्पत्ति नष्ट भएका छन् । हजारौंले रोजीरोटी गुमाएका छन् ।’ सरकारले पीडितलाई क्षतिपूर्ति दिने उक्त पार्टीले सरकारसँग माग राखेको छ । प्रतिबेदनमा पार्टी अध्यक्ष यादवले विगतमा भए गरेका सम्पूर्ण भ्रष्टाचारहरू, भ्रष्टाचारसँग सम्बन्धित विभिन्न काण्डहरू उपर छानबीन गरी भ्रष्टाचारीहरूलाई कानुनबमोजिम न्यायालयको कठघरामा ल्याउन माग गरेका छन् ।

प्रकाशित: १९ कार्तिक २०८२ २०:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App