८ आश्विन २०८२ बुधबार
image/svg+xml १८:१७ अपराह्न
राजनीति

पार्टी एकताको उद्देश्यसहित कार्यगत एकता गर्दै जसपा र रामुपा

अशोक राई र राजेन्द्र महतो।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी (रामुपा) नेपालबीच कार्यगत एकता घोषणा हुँदैछ। बिहीबार (भोलि) काठमाडौंमा एक कार्यक्रमका बीच दुई पार्टीबीच कार्यगत एकताको घोषणा हुँदैछ।

तत्कालका लागि कार्यगत एकता भए पनि पछिको मुख्य उद्देश्य पार्टी एकता नै भएको रामुपा नेता केशव झाले बताए। ‘अहिलेका लागि कार्यगत एकता हो। तर, पछि गएर पार्टी एकता नै मुख्य उद्देश्य हो,’ नेता झाले भने।

जसपा नेता इस्तियाक राई पनि कार्यगत एकताको मुख्य लक्ष्य पार्टी एकता नै भएको बताउँछन्। कार्यगत एकता पार्टी एकताको सुरुवात भएको प्रतिक्रिया उनले दिएका छन्। ‘अहिलेलाई कार्यगत एकता हो। यो पार्टी एकताको सुरुवात हो,’ राईले भनेका छन्।

जसपा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजन भएर बनेको पार्टी हो भने रामुपा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट विभाजन भएर बनेको पार्टी हो।

अहिले मधेसकेन्द्रित सात दलहरूले सङ्घीय लोकतान्त्रिक मोर्चा बनाएका छन्। तर, मोर्चा अपेक्षित रूपमा सक्रिय हुन सकेको छैन। यहीबेला जसपा र रामुपाले पार्टी एकताको उद्देश्यसहित कार्यगत एकता गर्न लागेका छन्। मोर्चामा यी सबै दलहरू छन्।

प्रकाशित: २८ श्रावण २०८२ १६:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App