४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

झापा-५ : अध्यक्ष ओलीसमक्ष झोलुङ्गे पुलको संख्या थप गरिदिन स्थानीयको माग

झापा क्षेत्र नं. ५ मा पर्ने गौरादह नगरपालिकाको पश्चिमी क्षेत्रका बासिन्दाले मोरङ्सँगको सम्पर्क सहज बनाउन झोलुङ्गे पुलको संख्या थप गरिदिन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन्।

स्थानीयवासी एवं मतदाताहरूसँगको भेटका लागि मंगलबार त्यस क्षेत्रमा पुगेका ओलीलाई उनीहरूले विद्युत, सडकलगायतका पूर्वाधारको सुविधा उल्लेखनीय रूपमा भएको भन्दै ‘पारी’ (मोरङ) जोड्ने ठाउँ-ठाउँमा झोलुङ्गे पुल हालिदिन माग गरेका हुन्।

यस्तै, झापा र मोरङका बासिन्दालाई समेत लाभ पुग्ने गरी सो स्थानमा अस्पताल सञ्चालनका लागि समेत उनीहरूको माग छ। ‘अब यहाँ अरूले गर्लान् भन्ने केही आशा छैन, चाहिए जति पुर्‍याइ दिने तपाईँ नै भएकाले हामीले यी माग राखेका हौं,’ अध्यक्ष ओलीलाई भेट्न आएका स्थानीयले भने।

ओलीले मंगलबार गौरादहका बालुबथान, दामुना, चप्रामारीलगायतका क्षेत्रका बासिन्दाहरूसँग भेट गरेका छन्। २०४८ साल यता अध्यक्ष ओली यहीँ क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्।

प्रकाशित: २७ माघ २०८२ १६:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App