२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

झापा ५ : बालेनको ३४ हजार मत आउँदा ओली नौ हजारमा सीमित

झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र शाह (बालेन)ले एमाले उम्मेदवार केपी शर्मा ओलीसँगको मतान्तर बढाउँदै लगेका छन्। 

५५ हजार २०७ मत गणना हुँदा बालेन ३४ हजार ८६३ मतसहित अग्रस्थानमा छन्। उनलाई पूर्व प्रधानमन्त्रीसमेत रहेका एमालेका ओलीले ९ हजार ६८ मतसहित पछ्याइरहेका छन्। 

श्रम शक्ति पार्टीका समिर तामाङ ५ हजार ६४५ मतसहित तेस्रो स्थानमा छन्। ५५ हजार २०७ मतमा २ हजार ३२३ मत बदर भएको निर्वाचन अधिकृतले बताएका छन्। 

प्रकाशित: २३ फाल्गुन २०८२ ०७:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App