१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

‘घर फर्किन’ तयार झाँक्री, ओलीसँग भेटिन्

नेकपा (एकीकृत समाजवादी) बाट विद्रोह गरेकी नेतृ रामकुमारी झाँक्रीसहित ५० जनाभन्दा बढी केन्द्रीय सदस्यहरूले नेकपा (एमाले) मा फर्कने तयारीलाई अन्तिम रूप दिएका छन्।

यसै सिलसिलामा झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरूले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसँग भेटवार्ता गरेका छन्।

यसै सन्दर्भमा आगामी कार्तिक २४ गते काठमाडौंको राष्ट्रिय सभा गृहमा दिउँसो ३ बजे ‘घर फर्कने अभियान’ नामक कार्यक्रमको आयोजना गरिएको एमाले नेता महेश बस्नेतले जानकारी दिए।

यसअघि बुधबार मात्रै नेतृ झाँक्रीले पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादी पार्टी विघटन भएसँगै उक्त पार्टीसँग आफ्नो अध्याय समाप्त भएको घोषणा गरेकी थिइन्। ‘उक्त पार्टीसँगको यात्रा र अध्याय सकियो। अहिले यो हाम्रो पजको अवस्था हो,’ झाँक्रीले भनेकी थिइन्।

एकीकृत समाजवादीको माधव नेपाल पक्ष नेकपा (माओवादी केन्द्र) सँग एकतामा गएपछि झाँक्री, श्रेष्ठ लगायतका नेताहरूले असन्तुष्टि जनाउँदै छुट्टै गतिविधि सञ्चालन गरिरहेका थिए।

प्रकाशित: २० कार्तिक २०८२ १६:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App