१६ आश्विन २०८३ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाहीको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।

शाहीले पिछडिएको क्षेत्रका आवाज र अवसरबाट वञ्चित समुदायका सवाललाई पार्टीभित्र प्रभावकारी रूपमा उठाउन उम्मेदवारी दिन लागेको बताएका छन्।

कांग्रेस संगठनलाई थप समावेशी, सुदृढ र गतिशील बनाउने उद्देश्यसहित सहमहामन्त्री (पिछडिएको क्षेत्र) पदमा उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ।

आफ्नो राजनीतिक यात्रा, संगठनमा गरेको योगदान, अनुभव र कार्यक्षमताको मूल्यांकन गर्दै महाधिवेशन प्रतिनिधिहरूलाई आफूलाई मत दिएर विजयी गराउन उनले आग्रह गरेका छन्।

शाहीले आफ्नो पक्षमा प्राप्त हुने एक मतलाई व्यक्तिगत जितभन्दा पनि पिछडिएको क्षेत्रको आवाज र सम्मानको प्रतिनिधित्व गर्ने अवसरका रूपमा लिन आग्रह गरेका छन्।

शाहीले यसअघि २०७८ सालमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा पनि सहमहामन्त्री पदमा उम्मेदवारी दिएका थिए। उक्त निर्वाचनमा उनी बद्री पाण्डेसँग पराजित भएका थिए।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २२ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ।

प्रकाशित: १६ आश्विन २०८३ १४:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App