१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

जनार्दनको जमर्को: माओवादी केन्द्र र चुनाव चिह्न दाबी गर्ने

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टीको नाम र चुनाव चिह्नको दाबी गर्दै निर्वाचन आयोग जान लागेका छन्।

शर्मा निकट रहेका एक नेतााक अनुसार पुष्पकमल दाहालले मा‌ओवादी पार्टी विघटन गर्न खोजेको भन्दै शर्माले आफू त्यो पार्टीको उपमहासचिव भएका कारणले नाम र चुनाव चिह्न दाबी गर्न जान लागेका हुन्।

शर्माले नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन अस्वीकार गर्दै बाहिर बसेका छन्।

शर्माले तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई नेतृत्व छाड्न र नयाँ पुस्तालाई हस्तान्तरण गर्न आग्रह गर्दै आएका थिए। तर दाहालले माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, प्रेमबहादुर सिंहलगायतका ७० वर्ष उमेर पार गरिसकेका नेताहरूलाई पार्टीमा ल्याएर माओवाद नै विसर्जन गरेका थिए।

माओवाद विसर्जन गरेको भन्दै जनयुद्ध लडेका शर्मा र अर्का नेता राम कार्कीले माओवादी केन्द्र नै पुनर्गठन गर्ने उद्देश्य राखेर आयोग जान लागेका हुन्।

प्रकाशित: २१ कार्तिक २०८२ ११:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App