१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

‘वाम प्रगतिशील ध्रुवीकरण’को घोषणा गर्दै जनार्दन

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले पार्टीको केन्द्रीय समिति बैठक बहिष्कार गर्दै ‘वाम प्रगतिशील ध्रुवीकरण’ को घोषणा गर्दै छन्।

शर्माले बखुण्डोलस्थित सत्कार क्याफेमा उक्त अभियानको औपचारिक घोषणा गर्ने भएका हुन्। पार्टी नेतृत्वको हालको एकता पहलप्रति असन्तुष्ट रहेका शर्माले नयाँ राजनीतिक दिशा तय गर्ने उद्देश्यले अभियान अघि सारेका हुन्।

केही समयअघि माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी)सहित नौ वटा दलसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो। सो निर्णयपछि शर्माले खुला असन्तुष्टि जनाउँदै पार्टी पुनर्गठनको आवाज उठाएका थिए।

शर्माले यसअघि नै सचिवालय बैठकमा पार्टी एकता गलत निर्णय भएको टिप्पणी गर्दै असहमति व्यक्त गरेका थिए। त्यसयता उनले माओवादी केन्द्रलाई ‘वास्तविक वाम मार्गमा फर्काउने आवश्यकता’ रहेको बताउँदै आएका छन्।

प्रकाशित: १८ कार्तिक २०८२ १२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App