जय नेपाल पार्टी (प्रस्तावित) को ऐतिहासिक प्रथम केन्द्रीय कार्यसमितिको बैठक आज (बिहीबार) काठमाडौंमा बस्ने भएको छ।
बैठक आज अपराह्न ४ः३० बजे सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा हुनेछ।
बैठकले पार्टीको भावी राजनीतिक कार्यदिशाका साथै संगठन तथा आगामी राजनीतिक गतिविधिसम्बन्धी महत्वपूर्ण निर्णय गर्ने जनाइएको छ।
पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीका अनुसार बैठकपछि नवनिर्मित पार्टीले अवलम्बन गर्ने भावी राजनीतिक कार्यदिशा र बैठकका निर्णयबारे जानकारी गराइनेछ।
प्रकाशित: ४ भाद्र २०८३ ०७:३१ बिहीबार





