८ भाद्र २०८३ सोमबार
image/svg+xml
राजनीति

बला*त्कारको विषयमा ‘मन मिल्दा चमत्कार, नमिल्दा बला*त्कार’ भन्नु गलत : सांसद ओली

प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङले बलात्कारसम्बन्धी दिएको अभिव्यक्तिप्रति सांसद खुश्बु ओलीले नियमापत्ति जनाएकी छन्। 

सांसद साम्पाङले ‘मन मिलेको बेला चमत्कार, मन नमिलेपछि बलात्कार’ भन्ने हिसाबले पुरुषहरू पनि पीडित भएको बताएपछि ओलीले यस्तो अभिव्यक्ति आपत्तिजनक भएको बताएकी हुन्।  

प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले बलात्कारजस्तो संगीन विषयमा ‘मन मिल्दा चमत्कार, नत्र बलात्कार’ भन्ने किसिमको शब्द प्रयोग गर्नु गलत भएको बताइन्। उनले सम्बन्ध जति नै राम्रो, सुखी र समृद्ध भए पनि दुवै पक्षको सहमति आवश्यक हुने स्पष्ट पारिन्। 

‘एकदमै मन मिलेका श्रीमान्–श्रीमतीबीच पनि श्रीमतीले सम्बन्ध राख्न चाहिनन् भने ‘नो मिन्स नो’ भन्ने कुरा हामीले बुझ्न आवश्यक छ,’ ओलीले भनिन्, ‘यो कुरा पुरुषहरूलाई पनि लागू हुन्छ । जबर्जस्ती गर्दा कुनै चमत्कार हुँदैन।’ 

उनले सम्बन्धमा जबर्जस्ती प्रवेशपछि त्यसलाई सामान्य वा सकारात्मक रूपमा व्याख्या गर्न नमिल्ने र सहमतिबिना हुने यौन सम्बन्ध गलत हुने भन्दै ओलीले यस विषयमा संवेदनशील भएर बोल्नुपर्नेमा जोड दिइन्। 

प्रकाशित: ८ भाद्र २०८३ १६:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App