८ भाद्र २०८३ सोमबार
image/svg+xml
प्रविधि

सामसङ नेपालको मनसुन अफर : टिभी तथा होम अप्लायन्सेसमा २३ प्रतिशतसम्म क्यासब्याक

सामसङ नेपालले आफ्ना टिभी तथा होम अप्लायन्सेसमा २३ प्रतिशतसम्मको क्यासब्याक र आकर्षक उपहारसहित विशेष मनसुन अफर सार्वजनिक गरेको छ। 

सीमित अवधिका लागि ल्याइएको अफरअन्तर्गत सामसङका टिभी, वाशिङ मेशिन र रेफ्रिजेरेटर खरिदमा विभिन्न छुट तथा उपहारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

अफरअन्तर्गत चुनिएका टिभी मोडलको खरिदमा १२ महिनासम्मको निःशुल्क NetTV Subscription तथा केही मोडलमा निःशुल्क Soundbar समेत उपलब्ध हुनेछ। NEO QLED टिभीमा ७ प्रतिशतसम्म, Mini LED मा ६ प्रतिशतसम्म, QLED मा १८ प्रतिशतसम्म, UHD मा १२ प्रतिशतसम्म, FHD मा ७ प्रतिशतसम्म र HD टिभीमा २१ प्रतिशतसम्म क्यासब्याक उपलब्ध रहेको कम्पनीले जनाएको छ।

Mini LED को ८५ इन्च तथा UHD को ७५ इन्च मोडल खरिद गर्दा रु. ४९ हजार ९९९ मूल्यको Soundbar निःशुल्क उपलब्ध हुनेछ। साथै, NEO QLED, Mini LED, QLED र UHD टिभीमा १२ महिनाको तथा FHD र HD टिभीमा ६ महिनाको निःशुल्क NetTV Subscription उपलब्ध हुनेछ।

वाशिङ मेशिनतर्फ ७ देखि १२ केजी क्षमताका विभिन्न मोडलमा क्यासब्याकको व्यवस्था गरिएको छ। ९ देखि ११ केजी क्षमताको AI Ecobubble Washer Dryer मा २३ प्रतिशतसम्म र ९ देखि १२ केजी क्षमताको AI Ecobubble Front Load मा २२ प्रतिशतसम्म क्यासब्याक पाइनेछ। त्यस्तै, ८ केजी क्षमताको Fully Automatic Top Load तथा ७ केजी क्षमताको Semi Automatic Top Load मा १२ प्रतिशतसम्म क्यासब्याक उपलब्ध छ। चुनिएका Front Load मोडलमा Surf Excel Matic Powder FL 6KG र Fully Automatic Top Load मोडलमा Surf Excel Matic Powder FL 1L समेत निःशुल्क उपलब्ध गराइनेछ।

रेफ्रिजेरेटरतर्फ पनि विभिन्न सेग्मेन्टमा आकर्षक क्यासब्याकको व्यवस्था गरिएको छ। ७०० लिटर क्षमताको Side-by-Side रेफ्रिजेरेटरमा ११ प्रतिशतसम्म, ३५० देखि ४१९ लिटरका 5-in-1 मोडलमा १५ प्रतिशतसम्म, २५३ देखि २७५ लिटरका Double Door मोडलमा १७ प्रतिशतसम्म तथा १९२ देखि २३० लिटरका Single Door मोडलमा १५ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ।

कम्पनीका अनुसार यस अफरले उपभोक्तालाई घरायसी उपकरण अपग्रेड गर्न सहज बनाउने उद्देश्य राखेको छ। नयाँ प्रविधि र स्मार्ट सुविधासहितका उपकरणमा आकर्षक क्यासब्याक तथा उपहार उपलब्ध गराइएकाले उपभोक्ताले आफ्नो आवश्यकता र बजेटअनुसार उपकरण छनोट गर्न सक्नेछन्।

यसका साथै, Hulas Finserve Hire Purchase Ltd. द्वारा सञ्चालित Samsung Insta Finance Service मार्फत सामसङका होम अप्लायन्सेस २४ महिनासम्मको EMI योजनामा खरिद गर्न सकिनेछ। पुराना उपकरण साटेर नयाँ सामसङ होम अप्लायन्सेस खरिद गर्न चाहने ग्राहकले ArkoStore वा नेपालभर रहेका सामसङका अधिकृत रिटेल स्टोरमार्फत एक्सचेन्ज सुविधा समेत लिन सक्नेछन्।

सामसङ नेपालका अनुसार मनसुन अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। अफर तथा उपलब्ध मोडलसम्बन्धी थप जानकारीका लागि उपभोक्ताले नजिकैको सामसङ अधिकृत स्टोरमा सम्पर्क गर्न सक्नेछन्।

प्रकाशित: ८ भाद्र २०८३ १६:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App