२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

यो व्यवस्थामै पनि बहुमत ल्याउन सकिने रहेछ: प्रदीप

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको बहुमतलाई वर्तमान व्यवस्थाकै जित भएको बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत रास्वपालाई बधाई दिँदै उनले यस्तो धारणा राखेका हुन्।

उनले रास्वपाका सभापति रवि लामिछाने र प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र साहलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।

यसअघि धेरैले वर्तमान निर्वाचन प्रणालीमा कुनै एक दलले बहुमत ल्याउन असम्भव रहेको तर्क गरिरहँदा रास्वपाको नतिजाले त्यो भाष्य तोडेको उनले बताएका छन्।

उनले लेखेका छन्, ‘यस मत परिणामले अहिलेको व्यवस्थामै पनि बहुमत प्राप्त गर्न सकिने पुष्टि गरेको छ। अब बन्ने सरकारले देश र जनताको हितका लागि काम गर्ने विश्वास लिँदै त्यस्ता हरेक काममा हाम्रो साथ र समर्थन रहने प्रतिबद्धता जनाउँदछौं।’

अब बन्ने नयाँ सरकारसँग देश र जनताको हितका लागि मिलेर काम गर्न कांग्रेस तयार रहेको उनले सुनाए। साथै, देशका दीर्घकालीन महत्त्व राख्ने मुद्दाहरूमा सम्पूर्ण दलहरूबीच साझा राष्ट्रिय सहमति निर्माण गर्न उनले आह्वानसमेत गरेका छन्।

प्रकाशित: २६ फाल्गुन २०८२ २१:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App