३१ जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

पद ठूलो भएर मात्र हुँदैन, मर्यादा जोगाउने आचरण पनि उत्तिकै ठूलो हुनुपर्छ : बस्नेत

फाइल तस्बिर

नेकपा एमालेका सचिव महेश बस्नेतले पद ठूलो भएर मात्र नहुने त्यसको मर्यादा जोगाउने आचरण पनि उत्तिकै ठूलो हुनुपर्ने बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन्। उनले आफ्नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीको व्यवहारले जिम्मेवारीभन्दा बढी उदासीनता झल्किएको बताए।

औपचारिक समारोहमा अनौपचारिक गेटअप र प्रस्तुतिदेखि राष्ट्रपतिको सम्बोधनबीच कानेखुसी र बीचमै सदन छाडेर हिँड्ने जस्ता शैलीले राज्यको गरिमा, संसद्को सम्मान र लोकतान्त्रिक संस्कृतिप्रति गम्भीर प्रश्न खडा गरेको उनको भनाइ छ।

'आफ्नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीको व्यवहारले जिम्मेवारीभन्दा बढी उदासीनता झल्कियो। औपचारिक समारोहमा अनौपचारिक  गेट अप र प्रस्तुतिदेखि राष्ट्रपतिको सम्बोधनबीच कानेखुसी र बीचमै  सदन छाडेर हिडने  जस्ता शैलीले राज्यको गरिमा, संसद्को सम्मान र लोकतान्त्रिक संस्कृतिप्रति गम्भीर प्रश्न खडा गरेको छ,' उनले भने, 'पद ठूलो भएर मात्र हुँदैन, त्यसको मर्यादा जोगाउने आचरण पनि उत्तिकै ठूलो हुनुपर्छ।'

प्रकाशित: २९ वैशाख २०८३ ०७:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App