२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

सरकारको प्रतिरक्षा र विपक्षीसँगको बहसमा सभामुख उत्रिनु उचित होइन : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारमाथि उठेका प्रश्नको प्रतिरक्षामा सभामुख उत्रनु उचित नभएको बताएका छन्।  

सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले संसदीय खेलका खेलाडी सांसदहरू नै हुन् भन्ने स्मरण पनि गराएका छन्। पोखरेलले सरकारको प्रतिरक्षामा मात्र नभइ सभामुख विपक्षी सांसदहरूसँग बहसमा पनि उत्रिने गरेकोका आपत्ति प्रकट गरेका छन्।  

प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारको आलोचना गर्दा सभामुखले त्यसको प्रतिवाद र प्रतिरक्षा गर्ने क्रम बढेपछि महासचिव पोखरेलको यस्तो धारणा आएको हो।  

पोखरेलले लेखेका छन्, 'सरकारमाथि उठेका प्रश्नहरूको प्रतिरक्षा र विपक्षीसँगको बहसमा सभामुख स्वयं उत्रिनु उचित होइन। संसदीय  खेलका खेलाडी सांसदहरू नै हुन्।'

प्रकाशित: २९ जेष्ठ २०८३ ०९:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App