प्रधानमन्त्री सुशीला कार्कीसँग अन्तर्राष्ट्रिय मुद्राकोषको एसिया तथा प्रशान्त विभागका निर्देशक डा.कृष्ण श्रीनिवासनले शिष्टाचार भेट गरेका छन्।
सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार श्रीनिवासनले प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका हुन्।
सो अवसरमा प्रधानमन्त्रीलाई बधाई दिनुका साथै उनले नेपालको विकास र आगामी निर्वाचनका लागि आवश्यक सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय मुद्राकोष तयार रहेको बताएका थिए।
प्रकाशित: १ मंसिर २०८२ १७:५३ सोमबार





