१८ भाद्र २०८३ बिहीबार
image/svg+xml
राजनीति

कृष्णभीरको सडक तत्काल सञ्चालनमा ल्याउने गरी पहल भइरहेको छ : आशिका तामाङ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले कृष्णभीरमा अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउने गरी पहल भइरहेको जानकारी दिएकी छन्।

तामाङका अनुसार सडक विभागले कृष्णभीरको सडक खुलाउन आवश्यक पहल अघि बढाइसकेको छ। सोही क्रममा जियोटेक्निकल सोसाइटीका प्राविधिकहरू कृष्णभीरको स्थलगत निरीक्षणमा जाने तयारीमा छन्।

स्थलगत अध्ययनपछि आवश्यक प्राविधिक ड्रइङ तथा डिजाइन तयार गरी कृष्णभीरबाटै सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको सामाजिक सञ्जालमार्फत सांसद तामाङले बताइन्।

उनका अनुसार कृष्णभीरबाट सडक सञ्चालन सम्भव नभए वैकल्पिक मार्गका रूपमा फिस्लिङबाट बेनीघाटतर्फ आउने सडकखण्डलाई पनि अघि बढाउने तयारी छ। उक्त सडकको त्रिशूली नदी पारिपट्टि करिब डेढ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको र सो ट्र्याक निर्माणका लागि सम्बन्धित मन्त्रालयबाट आवश्यक छलफल तथा समन्वय भइरहेको उनले जानकारी दिएकी छन्।

प्रकाशित: १८ भाद्र २०८३ ०९:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App