१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

जेन्जी २.० राष्ट्रिय अभियानको प्रारम्भिक तदर्थ समिति घोषणा

जेनजी २.० राष्ट्रिय अभियानको प्रारम्भिक तदर्थ समिति घोषणा भएको छ । केन्द्रीय कार्यसम्पादन समितिमा १५ जना छन् । त्यसमा परिकल्पनाकार तथा संरक्षकमा डा. हरि कार्की छन् । सदस्यहरूमा डा. निकोलस भूषाल, रञ्जन खनाल, हेम खड्का, गौरव देवकोटा, बिपिन दुलाल, अविन लिम्बू (केन्द्रीय प्रवक्ता), कुन्दन कुशवाहा (केन्द्रीय सदस्यसचिव), रबिन शाह (केन्द्रीय सचिवालय प्रमुख), प्रीति गुरुङ, सुनिता नेपाली, डा. श्रीराम कण्डेल छन् ।

त्यस्तै केन्द्रीय विज्ञ तथा सल्लाहकार समितिमा सर्वेन्द्र खनाल (पूर्वआईजीपी), डा. जगतबहादुर पाठक (अन्तर्राष्ट्रिय मामिला विज्ञ), डा. अरुण झा (कला, धर्म, संस्कृति विज्ञ), मेघ आले (पर्यटन विज्ञ), जेनजी सुरेश कुमार कार्की (सेवानिवृत्त सेना जर्नेल), काबिन्द्रमान श्रेष्ठ, जगत बिष्ट छन् ।  

केन्द्रीय जिम्मेवारी प्रमुखहरूमा प्रशिक्षण विभाग प्रमुखमा अधिवक्ता हिमलाल पराजुली, केन्द्रीय सहप्रवक्तामा नारायण भण्डारी, केन्द्रीय प्रचारप्रसार प्रमुखमा विजय पराजुली, केन्द्रीय प्रचारप्रसार सदस्यमा अनिश त्रिपाठी, वित्तीय समस्या तथा समाधान विभाग प्रमुखमा हरि किशोर महतो, उद्योग तथा वाणिज्य विभाग प्रमुखमा जय गुप्ता, केन्द्रीय युवा परिचालन विभाग प्रमुखमा निर्दोष विक्रम पौडेल छन् ।  

No description available.

यस्तै वार्ता समिति संयोजकमा अविन लिम्बू र सदस्यहरूमा खेम तिमिल्सिना, हेम खड्का, गौरव देवकोटा, कुण्डन कुश्वान, बिपिन दुलाल, डा. नविन मण्डल छन् । अन्य प्रमुख संयोजकहरूमा जनसम्पर्क संयोजकमा चिरञ्जिवी भट्टराई, राहत संकलन तथा वितरण संयोजकमा नीता शाक्य, शहीद परिवार तथा घाइते समन्वय संयोजकमा सञ्जय पौडेल छन् ।  

सदस्यहरूमा (घाइते) निरक बहादुर खड्का, (घाइते) दीपक नेपाली, जेन्जी २.० भ्रष्टाचार विरुद्ध अभियान संयोजकमा प्रज्वल लामा, सह–संयोजकमा सीताराम राई, वातावरण तथा कृषि समन्वय विभाग संयोजकमा डा. विश्वास सुवेदी छन् ।  

सातै प्रदेशमा प्रदेशस्तरीय संरचना पनि गठन गरिएका छन् । यस अनुसार प्रदेश न.१ को संरक्षकमा नीता शाक्य, संयोजकमा अशोक क्षेत्री, सह–संयोजकमा पर्वेश पाण्डे, मणि लिम्बू र प्रवक्ता, विज्ञ तथा सल्लाहकारमा भरत बस्नेत (स्वतन्त्र सामाजिक अभियन्ता तथा विश्लेषक) छन् ।  

प्रेदशहरुमा प्रदेशस्तरीय समितिहरु पनि गठन गरिएको परिकल्पनाकार डा हरि कार्कीले जानकारी दिए । नागरिक सशक्त सरकारको सुनिश्चितता, जनमागको संस्थागत स्थायित्व, राष्ट्रिय एकता र सहमतिको अभियानका लागि समिति गठन गरिएको कार्कीले बताए ।

प्रकाशित: ९ कार्तिक २०८२ २०:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App