२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

उद्योगमन्त्री र अष्ट्रेलियन राजदूतबीच व्यापार र आर्थिक सहकार्यबारे छलफल

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच सोमबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। 

भेटका क्रममा नेपाल–अष्ट्रेलिया द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्यका विविध पक्षबारे छलफल भएको उद्योग मन्त्रालयले जनाएको छ। 

राजदूत अर्न्स्टले मन्त्री यादवलाई कार्यकालको सफलताको शुभकामना दिँदै वर्तमान सरकारसँग सहकार्य गर्दै अघि बढ्न अष्ट्रेलिया इच्छुक रहेको बताएका थिए। भेटमा दुई देशबीचको आयात–निर्यातको अवस्थाको समीक्षा गर्दै व्यापारलाई थप सन्तुलित र प्रभावकारी बनाउने विषयमा समेत विचारविमर्श भएको थियो। 

छलफलमा अष्ट्रेलियामा रहेका नेपाली समुदाय (डायस्पोरा) मार्फत दुई देशबीच व्यापार, पर्यटन तथा लगानी प्रवर्द्धनका सम्भावनाबारे पनि सकारात्मक संवाद भएको मन्त्रालयले जनाएको छ। 

मन्त्री यादवले नेपालको विकास प्रयासमा अष्ट्रेलियाले गर्दै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरिन्। 

प्रकाशित: ३० असार २०८३ १४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App