२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

बागमतीको मुख्यमन्त्रीका लागि इन्द्रबहादुर बानियाँले गरे दाबी पेस

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले दाबी पेस गरेका छन् ।

नेकपा (एमाले) संसदीय दलका नेताको समर्थनसहित बानियाँले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले आइतबार पदबाट राजीनामा दिएका थिए।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ मुख्यमन्त्रीका लागि संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई आह्वान गरेका थिए।

प्रकाशित: १९ श्रावण २०८२ १५:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App