सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले एआई प्रयोग गर्न फाइभ जी नेटवर्क कार्यान्वयन हुन अनिवार्य भएकाले नेपाल टेलिकमलाई फाइभजी नेटवर्क सुचारु गर्न निर्देशन दिएका छन् ।
ललितपुरमा आज नेपाल टेलिकम (एनटीसी) ले आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा निर्देशनात्मक सम्बोधन गर्दै मन्त्री गुरुङले जनताको घर दैलोमा फोर जी नेटवर्क व्यापक बनाउन पनि आग्रह गरेका हुन् । उनले अनुसार सरकारको डिजीटिल फेर्मवर्क(डिएनएफ) को उद्देश्य पुरा गर्न, डिजिटल सुशासन विस्तार गर्न, जनताको सेवालाई छिटो र छरितो बनाउन, सुशासन कायम गर्न एनटिसीको नेटवर्क विस्तारले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
मन्त्री गुरुङले आफुले प्रधानमन्त्री केपी शर्मा ओली बिच यसै वर्ष फाइभ जी नेटवर्क सुरु गर्ने वचन दिएको बताउँदै त्यसको तयारीमा लाग्न नेपाल टेलिकमलाई ध्यानाकर्षण गराए। “साउथ एसियामै फाइभ जी नेटवर्क प्रयोग भइसकेको छ, हामी निकै पछि परेका छौँ”, उनले भने, “प्रधानमन्त्री र म बिच फाइभ जी नेटवर्क कार्यान्वयन गर्ने विषयमा सम्झौता भइसकेकोछ ।”
उनले काठमाडौं र पोखराबाट फाइभ जी को विस्तार गर्ने पनि बताए। त्यसै गरी नेपाल टेलिकम जनताको अति आवश्यक र महत्त्वपूर्ण सेवाप्रदायि संस्था भएकाले कार्य सम्पादनमा संवेदनशीलता अपनाउनु पर्ने सुझाव दिए। साथै, आर्थिक वर्षको कार्य योजनाको लक्ष्य प्राप्तिका लागि सबैले इमादारपुर्व जिम्मेवारी बहन गर्न पनि मन्त्री गुरुङले आग्रह गरे।
कार्यक्रममा सञ्चार सचिव राधिका अर्यालले नेपाल टेलिकमले भावी लक्ष्य सत प्रतिशत पुरा गर्ने गरी काम गर्न सुझाव दिए भने सह–सचिव कोशहरी निरौलाले कार्य सम्पादनमा उब्जिएका समस्यामा अल्झी समाधान निकालेर काम योजनाहरू सम्पन्न गर्न आग्रह गरे।
प्रकाशित: १६ भाद्र २०८२ १७:४४ सोमबार





