२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

गणतन्त्र र संघीयताको विरोध गर्दा रोकिए जेल भर्ने आन्दोलन गर्छौँ: धवलशम्शेर राणा

नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले गणतन्त्र र संघीयताको विरोध गर्नु आफ्नो राजनीतिक अधिकार भएको उल्लेख गर्दै त्यसलाई रोक्न खोजिए लाखौंको संख्यामा जेल जान तयार रहेको बताए ।

उनले भने ,‘यदि राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, राजावादी, हिन्दुवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं । लाखौंको संख्यामा जेल जान तयार छौं।’

राणाले आफूहरू संवैधानिक राजतन्त्र, सनातन धर्म, किराँत र बौद्ध धर्मलाई समेट्ने हिन्दु अधिराज्य स्थापनाको लक्ष्यसहित नयाँ राजनीतिक शक्ति निर्माणमा लागेको बताए।

प्रकाशित: १९ असार २०८३ १६:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App