१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

जेनजी र दल एकजुट नभए देश पछाडि पर्छ : उपमहासचिव ज्ञवाली

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्व एवं विकासका निम्ति सबै राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।

प्रेस चौतारी गुल्मी शाखाले आज तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश विकासको पहिलो सर्त राजनीतिक स्थायित्व हो भनेका छन्।

नेता ज्ञवालीले एमालेलाई आत्मबलका साथ पुनः ऊर्जाशील बनाउने, जनतामाझ उपस्थित भई उनीहरूका भावना बुझ्ने तथा पार्टीलाई सुव्यवस्थित ढङ्गले रूपान्तरण गर्ने अभियान सुरु गरिएको बताए।

सो अवसरमा उनले हालैको ‘जेनजी आन्दोलन’ मा घुसपैठ भएको तथा सुनियोजित ढंगले सार्वजनिक एवं व्यक्तिगत सम्पत्तिमा आगजनी गरिएको टिप्पणी गरे। रासस

प्रकाशित: २९ कार्तिक २०८२ १३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App