३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

म अध्यक्ष भएको भए नेकपा विभाजन हुँदैन थियो : दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरूबीच फेरि पार्टी एकता आवश्यक भएको बताएका छन्। पार्टी विभाजनले मात्रै अहिले आफ्नो पार्टीको मत घटेको उनले उल्लेख गरे।  

नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई आइतबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष दाहालले नेकपा (एमाले) सँगको पार्टी एकतापछिको मूल नेतृत्व माओवादी केन्द्रको हुन नसक्दा एकता कायम राख्न नसकिएको बताए।

'नेतृत्व हाम्रो हुन्थ्यो भने म दाबीका साथ भन्छु पार्टी विभाजन पनि हुँदैन थियो,' उनले भने, 'समाजवादको यात्रातिर हामी गम्भीर ढङ्गले जान सम्भव थियो, तर मूल नेतृत्व हाम्रो भएन। मूल नेतृत्व एमाले भएर फुटेको हो।'

अध्यक्ष दाहालले माओवादी जनयुद्ध सामन्तवादको विरुद्धमा निकै सोच विचार गरेर थालनी गरिएको उल्लेख गर्दै आफूहरूविरुद्ध फेरि विरोधीहरूले अलि धेरै नै प्रचार गरेर जनतालाई भ्रमित पार्ने कोसिस गरिरहेको बताए।

प्रकाशित: १६ भाद्र २०८२ ०७:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App