१६ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

नेपाली सेना खारेज गर्नुपर्छ भन्ने सिके राउतको अभिव्यक्तिप्रति खेद प्रकट गर्दछु : ज्वाला संग्रौला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सां‌सद ज्वाला संग्रौलाले 'नेपाली सेना खारेज गर्नुपर्छ' भन्ने सिके राउतको अभिव्यक्तिप्रति खेद प्रकट गरेकी छन्।

देश संकटमा पर्दा, विपद्मा, सीमा सुरक्षामा र शान्ति स्थापनामा आफ्नो जीवन दाउमा राखेर सेवा गर्ने संस्थाप्रति यस्तो गैरजिम्मेवार अभिव्यक्ति अत्यन्तै खेदजनक रहेको उनको तर्क छ।

'नेपाली सेना खारेज गर्नुपर्छ भन्ने सिके राउतको अभिव्यक्ति प्रती खेद प्रकट गर्दछु!' उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, 'देश संकटमा पर्दा, विपद्मा, सीमा सुरक्षामा र शान्ति स्थापनामा आफ्नो जीवन दाउमा राखेर सेवा गर्ने संस्थाप्रति यस्तो गैरजिम्मेवार अभिव्यक्ति अत्यन्तै खेदजनक छ।'

संग्रौलाले विचार राख्ने स्वतन्त्रता लोकतन्त्रको सुन्दर पक्ष भएको बताउँदै त्यो स्वतन्त्रता राष्ट्रका आधारभूत संस्थाको अपमान गर्ने लाइसेन्स बन्न नसक्ने भनाइ राखिन्। राष्ट्रलाई कमजोर बनाउने नभइ अझ बलियो बनाउने राजनीति गर्न उनले आग्रह गरिन्।

'विचार राख्ने स्वतन्त्रता लोकतन्त्रको सुन्दर पक्ष हो, तर त्यो स्वतन्त्रता राष्ट्रका आधारभूत संस्थाको अपमान गर्ने लाइसेन्स बन्न सक्दैन,' उनले भनिन्, 'नेपाली सेना हाम्रो गौरव, हाम्रो सुरक्षा र हाम्रो राष्ट्रिय एकताको प्रतीक हो। यसको सम्मान गरौं, राष्ट्रलाई कमजोर बनाउने होइन, अझ बलियो बनाउने राजनीति गरौं।'

प्रकाशित: ३ श्रावण २०८३ १०:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App