नेपाली कांग्रेसका नेता कान्छाराम तामाङले कसैलाई नसोधी शेरबहादुर देउवाको नेमप्लेट राखेको बताएका छन् ।
पार्टी कार्यालय व्यवस्थापन गर्ने जिम्मेवारी पाएपछि आफूले कसैलाई नसोधी नेमप्लेटमा सभापति शेरबहादुर देउवा लेखेको दावी गरे ।
भेलालाई सम्बोधन गर्नेक्रममा उनले भने, “मैले कसैलाई पनि नसोधी सभापति शेरबहादुर देउवाको नाम राखेको हुँ। जिम्मेवारी पाएअनुसार मैले सकेको व्यवस्थापनमा खानाको व्यवस्था गरेको छु।”
प्रकाशित: २९ श्रावण २०८३ १५:२७ शुक्रबार





