१७ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

गल्ती गरेको छैन, डर पनि छैन, सोधे हुन्छ, खोजे हुन्छ: जगदिश खरेल

फाइल तस्बिर।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वसञ्चारमन्त्री जगदीश खरेलले आफूविरुद्ध नियोजित रूपमा भ्रामक प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्।

स्मार्ट टेलिकमको अर्बौँ रकम हिनामिना गरेको भन्दै केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका समाचारको खण्डन गर्दै उनले आफूले कुनै गल्ती नगरेको जिकिर गरेका हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो भनाई राख्दै खरेलले आफूमाथि ‘मिडिया ट्रायल’ भएको बताए। उनले आफ्नो नाम जोडेर नियोजित रूपमा भ्रम फैलाइएको दाबी गर्दै शुभचिन्तकहरूलाई भ्रममा नपर्न आग्रह गरेका छन्।

खरेल सञ्चारमन्त्री रहँदा स्मार्ट टेलिकमको अर्बौँ रुपैयाँ हिनामिना गरेको आरोपसहितका समाचारहरू सार्वजनिक भएका थिए। हाल कार्यक्रमको सिलसिलामा स्विजरल्याण्डमा रहेका खरेलले आफू कत्ति पनि विचलित नभएको उल्लेख गरेका छन्।

‘गल्ती गरेको छैन, त्यसैले अलिकति पनि डर छैन। सोधे हुन्छ, खोजे हुन्छ, तर सत्य सत्य नै हुन्छ,’ उनले लेखेका छन्, ‘मेरो इमान नै मेरो गन्तव्यको लागि पर्याप्त छ। यस्ता भ्रामक, नियोजित तथा कपोलकल्पित प्रहारले मेरो चरित्र र राजनीतिक भविष्यमाथि प्रहार गर्छु भनेर नसोचे हुन्छ।’

सांसद खरेलले आफूविरुद्ध भइरहेका यस्ता भ्रामक प्रचारका विरुद्ध कानुनी उपचार खोज्ने समेत बताएका छन्।

प्रकाशित: २४ वैशाख २०८३ १५:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App