२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपा महाधिवेशनको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले चितवनमा आजदेखि सुरु हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको सफलताको कामना गरेका छन्।

आज सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले जनताले ठूलो विश्वासका साथ दिएको दुईतिहाइ जनसमर्थनको सम्मान गर्दै राष्ट्रियता, लोकतन्त्र, शिक्षा, स्वास्थ्य, रोजगारी तथा समृद्धिसम्बन्धी जनआकांक्षा पूरा गर्ने स्पष्ट कार्यनीति र दूरदर्शी कार्यदिशा महाधिवेशनले तय गर्ने अपेक्षा गरिएको बताए।

उनले दुईतिहाइको बलमा सत्तामा पुगेपछि बालेन सरकारमा देखापरेका अधिनायकवादी शैली, प्रतिशोधपूर्ण राजनीति, अराजकतावादी चिन्तन, अवसरवादी प्रवृत्ति तथा पपुलिजमलाई प्रश्रय दिने गतिविधिमाथि नियन्त्रण कायम गर्दै पार्टीलाई जिम्मेवार, लोकतान्त्रिक र जनउत्तरदायी मार्गमा अघि बढाउन रवि लामिछानेको नेतृत्व सफल होस् भन्ने कामना समेत गरेका छन्।

यस्तो छ उनको शुभकमाना सन्देश :

स्वतन्त्र पार्टीको आजदेखि चितवनमा सुरु हुन लागेको महाधिवेशनको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु।

जनताले ठूलो विश्वासका साथ प्रदान गरेको दुईतिहाइ जनसमर्थनको सम्मान गर्दै राष्ट्रियता, लोकतन्त्र, शिक्षा, स्वास्थ्य, रोजगारी तथा समृद्धिका जनआकांक्षा पूरा गर्ने स्पष्ट कार्यनीति र दूरदर्शी कार्यदिशा यस महाधिवेशनले तय गरोस् भन्ने अपेक्षा छ।

साथै, दुईतिहाइको बलमा सत्तामा पुगेपछि बालेन सरकारकमा देखापरेका अधिनायकवादी शैली, प्रतिशोधपूर्ण राजनीति, अराजकतावादी चिन्तन, अवसरवादी प्रवृत्ति तथा पपुलिजमलाई प्रश्रय दिने गतिविधिहरूमाथि नियन्त्रण कायम गर्दै पार्टीलाई जिम्मेवार, लोकतान्त्रिक र जनउत्तरदायी मार्गमा अघि बढाउन रवि लामिछानेको नेतृत्व सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु।

प्रकाशित: ७ असार २०८३ १०:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App