नेपाली कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठले आफू कुनै पद माग्न विशेष महाधिवेशनमा नआएको दाबी गरेका छन्। आइतबार भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताएका हुन्।
‘विधि र विधानअनुसार चल्नुपर्छ र विशेष महाधिवेशनको निर्णय लागु हुनुपर्छ,’ श्रेष्ठले भने। आफू कुनै पद र भूमिका माग्न मञ्चमा नउभिएको उनले बताए।
‘अब पार्टी बदलिनुपर्छ। नयाँ युवालाई नेतृत्व दिनुपर्छ,’ उनले भने,‘नेपाली कांग्रेस कमजोर भए देशको लोकतन्त्र कमजोर हुन्छ। त्यसैले हामीले जस्तोसुकै त्याग गर्न तयार हुनुपर्छ।’
उनले विशेष महाधिवेशनको पूर्ण सफलताको कामना गरे।
प्रकाशित: २७ पुस २०८२ १५:१६ आइतबार





