पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू राजनीतिमा संलग्न हुन नसक्ने कहीँ नभएको बताएका छन्। शुक्रबार (आज) बानेश्वरको कार्की बैंङ्क्वेटमा पत्रकार सम्मेलन गर्दै भण्डारीले यसो भनेकी हुन्।
'नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकको रूपमा प्रत्याभूति गरेको छ। संविधानका विभिन्न धारा, मर्म र भावना कहीँ कतैबाट म दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन,' उनले भनेकी छन्।
यो पनि पढ्नुहोस्
मेरो पार्टी सदस्यता कसैले खान सक्छ जस्तो लाग्दैन: विद्या भण्डारी
उनले यो घामजस्तै छर्लङ्गै कुरा भएको पनि उनले बताएकी छन्। उनले आफूलाई जनताको बहुदलीय जनवादको सिद्धान्तको प्रतिकूल नै आफूलाई पार्टी सदस्यबाट वञ्चित गर्न खोजिएको बताएकी छन्। 'जनताको बुहदलीय जनवादले संवैधानिक सर्वोच्चता र विधिको शासनलाई गहिरोसँग आत्मसात् गरेको सन्दर्भमा यस सिद्धान्तको प्रतिकूल हुनेगरी पार्टी सदस्य हुनबाट मलाई वञ्चित गर्नुपर्ने कुनै कारण छैन,' उनले भनेकी छन्।
उनले आफू पहिले पनि एमाले र अहिले पनि एमाले रहेको पनि बताएकी छन्। आफू पार्टी सदस्यता बनेको ४५ वर्ष भएको भन्दै कसैले चाहँदैमा आफ्नो पार्टी सदस्ता नगुम्ने उनले बताइन्।
पूर्णपाठ-


प्रकाशित: ९ श्रावण २०८२ १६:४४ शुक्रबार





