नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार मध्यरात ११ बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधिसभा विघटन गरेका छन्।
साथै, आगामी २०८२ साल फागुन २१ गते नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति समेत तोकिएको छ।
राष्ट्रपति कार्यालयले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो।
राष्ट्रपति कार्यालयका उपसचिव रुपेश जंगा थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशिला कार्कीज्यूको सिफारिस बमोजिम मिति २०८२ साल भदौ २७ गते शुक्रबार रातको ११:०० बजेदेखि लागू हुने गरी वर्तमान प्रतिनिधि सभाको विघटन गर्नु भएको छ।’

प्रकाशित: २८ भाद्र २०८२ ००:०३ शनिबार





