१८ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, भूमिसबन्धी विधेयक पारित हुँदै

आज प्रतिनिधि सभाको बैठक बस्दै छ। संघीय संसद् भवन, नयाँ बानेश्वरमा आज दिउँसो १ः०० बजे उक्त बैठक बस्ने भएको हो।

आजको बैठकमा प्रतिनिधि सभाका सचिव हर्कराज राईले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने छन् भने सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाइ समितिमा सांसदहरूको नाम हेरफेर गरिएको जानकारी दिने छन्।

भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलाराम अधिकारीले ‘कृषी, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि छलफल गरियोस्’ र पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।

प्रकाशित: १३ भाद्र २०८२ ०७:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App