प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ । विपक्षी दलको अवरोधका कारण बस्न नसकेपछि सभापति डिपी अर्यालले बैठक १५ मिनेटको लागि स्थगित गरेका हुन् ।
प्रतिपक्षी दलका नेताहरुले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई संसद्मा उपस्थित गराउन माग गर्दै बैठक अवरुद्ध गरेका हुन् । तर सभामुख अर्यालले प्रधानमन्त्रीको सेड्युल अनुसार बुधबारको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका थिए।
प्रकाशित: ३० वैशाख २०८३ १३:१९ बुधबार





