विपक्षीको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले विरोध कायमै राखेपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि स्थगित गरेका हुन्।
बैठक सुरु भएलगत्तै विपक्षीहरुले आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुखले एमालेका संसदीय दलका उपनेता पद्मा अर्याललाई बोल्न समय दिए।
उनले प्रधानमन्त्रीले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारी उल्लंघन गर्दै अभिव्यक्ति दिएको भन्दै सदनमा आएर माफि माग्नुपर्ने बताइन्।
यस्तै, अन्य विपक्षीदलले पनि प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने बताए। उनीहरु आफ्नो अडानबाट पछि नहटेपछि सभामुखले बैठक स्थगित गरे।
प्रकाशित: २५ जेष्ठ २०८३ १३:४१ सोमबार





