२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा निर्वाचन : यी हुन् २४ निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस एमाले नेता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र पारेको छ। पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला र निर्वाचन क्षेत्रीय कमिटीहरूले उम्मेदवार सिफारिस गरिरहेका छन्।

सिफारिसका क्रममा कतिपय जिल्लाबाट एकल नाम पठाइएको छ भने केही जिल्लाबाट एकभन्दा बढी आकांक्षीको नाम सिफारिस गरिएको छ। केही जिल्लाले सबै इच्छुक उम्मेदवारको नाम समेत केन्द्रमा पठाएका छन्।

एमाले सचिव महेश बस्नेतका अनुसार हालसम्म २४ वटा निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भइसकेको छ। अन्य केही निर्वाचन क्षेत्र र जिल्लाहरूले पनि सर्वसम्मत रूपमा एकल नाम चयन गरिसकेका छन् भने केही स्थानमा उम्मेदवार छनोटको प्रक्रिया अझै जारी छ। सबै जिल्ला र निर्वाचन क्षेत्रबाट आएका सिफारिस केन्द्रमा पुगेपछि उम्मेदवारको अन्तिम टुंगो भने पार्टी केन्द्रले लगाउने एमालेले जनाएको छ।

एकल सिफारिस भएका उम्मेदवार र निर्वाचन क्षेत्रहरू:

केपी शर्मा ओली – झापा–५

विष्णु पौडेल – रुपन्देही–२

शंकर पोखरेल – दाङ–२

लेखराज भट्ट – कैलाली–४

महेश बस्नेत – भक्तपुर–२

प्रदीप ज्ञवाली – गुल्मी–१

ईश्वर पोखरेल – काठमाडौँ–५

लीलानाथ श्रेष्ठ – सिरहा–३

अजय गुप्ता – रौतहट–१

हरि उप्रेती – सर्लाही–३

तिलक महत – नवलपुर–२

मिलन गुरुङ – गोरखा–२

बद्री मैनाली – नुवाकोट–१

सूर्य ढकाल – बाँके–१

दलबहादुर सुनार – बाँके–३

विश्राम चौधरी – कपिलवस्तु–१

सुहाङ नेम्वाङ – इलाम–२

लक्ष्मी महतो कोइरी – महोत्तरी–१

ध्रुव शाही – सुर्खेत–१

कलाधर देवकोटा – सुर्खेत–२

गुलाबजंग शाह – सल्यान

मणिराम फुयाल – काठमाडौँ–२ (प्रस्ताव)

दामोदर भण्डारी – बैतडी

गणेश ठगुन्ना – दार्चुला

प्रकाशित: २१ पुस २०८२ १२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App