२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा : आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित

प्रतिनिधि सभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ। 

सभाको आइतबारको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राखेका सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो।

सांसदहरूरु हरिप्रसाद भुसाल र सुशील खड्काले सो विधेयकमाथि राख्नुभएको संशोधन फिर्ता लिए। सांसदहरू गङ्गालक्ष्मी अवाल, डा पुष्पराज कँडेल, हर्कराज राई, पार्वती विक र नरेन्द्रकुमार केरुङले उक्त विधेयकमाथि राख्नुभएको संशोधन बहुमतले अस्वीकृत गरेको थियो।

यस्तै, प्रतिनिधि सभाबाट राष्ट्र ऋण उठाउने विधेयक २०८३ पारित भएको छ।

अर्थमन्त्री डा वाग्लेले राखेका सो ‘विधेयकलाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो।

उक्त विधेयकमाथिको दफावार छलफमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले ऋण लिएर उत्पादनमूलक आयोजनामा खर्च गरिने बताए। 

प्रकाशित: १४ असार २०८३ १५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App