१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

चुनावमा होमिन रास्वपाको निर्देशन, एकल बहुमत ल्याउने दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डिपी अर्यालले आगामी फागुनमा हुने निर्वाचनको तयारीमा जुट्न पार्टीका नेता-कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्।

विघटित संसद् पुनर्स्थापना नहुने संकेत गर्दै उनले अब नयाँ जनादेश नै एकमात्र विकल्प भएको बताए।

भक्तपुर जिल्ला समितिले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अर्यालले आगामी चुनावमा रास्वपाले एकल बहुमत ल्याउने दाबीसमेत गरे।

‘एकल बहुमत नआए पनि सबैभन्दा ठूलो दलको रूपमा स्थापित गराउन तपाईं-हामी सबै लाग्नुपर्छ,’ उनले भने।

कार्यवाहक सभापति अर्यालले रास्वपा अब नयाँ शक्ति मात्र नभई देशको मूलधारको राजनीतिक शक्ति बनिसकेको जिकिर गरे। उनले देशलाई निकास दिन निर्वाचनमा होमिनुको विकल्प नभएको स्पष्ट पारे।

कार्यक्रममा पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष परियार र नेतृ सोबिता गौतमले पनि निर्वाचन अनिवार्य रहेकोमा जोड दिएका थिए।

उनीहरूले देशलाई वर्तमान राजनीतिक संकटबाट मुक्त गर्न ताजा जनादेशमा जानु नै उत्तम विकल्प भएको धारणा राखे।

प्रकाशित: १ कार्तिक २०८२ १८:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App